Comments Add Comment

ला लिगा अध्यक्ष भन्छन्– सिजन फेरि सुरु भएपछि नखेले कारबाही हुन्छ

१३ वैशाख, काठमाडौं । स्पानिस शीर्ष डिभिजन फुटबल ला लिगाका अध्यक्ष ह्याभिएर तेबासले अब सिजन फेरि सुरु भएपछि क्लबहरूले खेल्न नमाने कारबाही गरिने बताएका छन् ।

स्पानिस फुटबल एसोसिएसनले फेरि सिजन सुरु हुँदा खेलाडीको सुरक्षाको विषयमा चासो व्यक्त गरिरहेको बेला तेबासले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

‘प्रशासनले खेल्ने अनुमति दिइसकेपछि यदि क्लबले खेल्न अस्वीकार गर्छ भने उनीहरूले आफ्नो खेल गुमाउने छन्,’ तेबासले एडे कोनेक्टासँगको भिडियो कन्फ्रेन्स कलमा भनेका छन् । कन्फ्रेन्समा तेबासले यस सिजन पाँच चरणमा सकाउने आफ्नो र ला लिगाको योजनासमेत रहेको बताए ।

यस्तै, यस सिजनको लागि फेरि सुरु हुन्छ कि हुँदैन भन्ने प्रश्नमा तेबासले यसबारे आफूले नसोचेको बताए । ‘अहिलेको अवस्थामा हाम्रो त्यस्तो अवस्था छैन,’ तेबासले भने । युइएफ र ला लिगा कसैले पनि यो योजना बनाएको छैन ।

उनले जुलाई ३१ सम्म खेल्ने मिल्नेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘हामी सिजन सकाउँछौँ भन्नेमा मलाई विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment