+
+
Shares

‘बले’ले घरमै ल्याए सडकको कुकुर

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १४ गते १६:२६

लकडाउनका कारण मानिसहरु घर भित्रै सिमित छन् । यस्तो अवस्थामा सडक जनावरहरु भोकै छन् । केही कलाकारहरुले भने सडकमा नै पुगेर ती जनावरहरुलाई खाना खुवाइरहेका छन् ।

यस्तैमा, सागर लम्साल ‘बले’ले एक सडक कुकुरलाई घरमा नै ल्याएका छन् । सधैको लागि पाल्ने सोच बनाएर बलेले सडमा भएको भुसिया कुकुरको बच्चोलाई घरमा ल्याएका हुन् ।

यस विषयमा सागरले भने, ‘मलाई पहिल्यै देखि कुकुर पाल्ने रहर थियो । म कुकुर किन्ने सोचमा थिए । तर, अहिलेको अवस्थामा कुकुर किन्नु भन्दा पनि सडकमा भोकै परेका कुकुरलाई ल्याएर पाल्नु राम्रो लाग्यो त्यसैले सडकबाट उठाएर ल्याए ।’

सडकमा भोका बसेका कुकुरहरुको उद्दारको लागि अमेरिकाबाट एप्पल उमाली नेपाल आएकी छिन् । उनैको पहलमा सागरले कुकुर घर लागेका हुन् ।

सागर मान्छेहरुलाई कुकुर नकिन्न आग्रह गर्छन् । उनले भने, ‘आखिर कुकुर त जहाँको भए पनि कुकुर नै हो । बरु तपाईले किनेर पाल्ने सट्टा सडकमा भएको कुकुरलाई पाल्नुस् । धर्म पनि हुन्छ, कुकुर पाल्ने रहर पनि पूरा हुन्छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?