Comments Add Comment

विप्लव निकट महिला संघकी केन्द्रीय अध्यक्ष बन्धु चन्द रिहा भएलगत्तै पक्राउ

पुनः पक्राउ परेकी बन्धु चन्द प्रहरी घेरामा । तस्वीर : जानकी चौधरी

१४ वैशाख, घोराही । नेत्रविक्रम चन्द (विप्लव) समूह सम्बद्ध अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई जिल्ला प्रशासन कार्यालय दाङले रिहा गर्न आदेश दिए पनि प्रहरीले पुनः पक्राउ गरेको छ ।

दाङस्थित पत्रकार जानकी चौधरीका अनुसार प्रशासन कार्यालय अगाडिबाट चन्दलाई पुनः पक्रेर प्रहरीले दाङबाट कपिलवस्तुतर्फ लगेको छ ।

‘बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दा बन्दीलाई स्थान परिवर्तन नगर्नु भनी आदेश गरिसकेको समय पनि अदालतको आदेश विपरीत यसरी बन्धु दिदीलाई प्रहरीले कपिलवस्तु लगे । कोरोना भाइरस संक्रमणको सन्त्रासमा दुनियाँ लकडाउनमा छ तर आस्थाका राजबन्दीहरुलाई अहिले पनि यस्तो व्यवहार छ,’ चौधरीले भनिन् ।

यही वैशाख २ गते पनि दाङ देउखुरी जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका विप्लव समूहका तीन जना नेताहरुलाई पनि प्रहरीले अदालत अगाडिबाट पुनः पक्रेको थियो । केन्द्रीय सदस्यद्वय केशबहादुर बाँठा (सुवास) र सन्तोष सुवेदी (प्रयास) तथा रोल्पा विशेष जिल्ला सचिव पोष्टमान घर्तीलाई प्रहरीले अदालतको गेट अगाडिबाट पक्रेर बाँकेतर्फ लगेको थियो ।

यो पनि पढ्नुहोस विप्लव समूहका ३ नेता अदालतको गेटबाट पुनः पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment