Comments Add Comment

न्युजिल्याण्डले जित्यो कोरोना भाइरसविरुद्धको लडाइँ

१५ वैशाख, काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिण्डा अर्डर्नले आफ्नो मुलुकमा परीक्षण हुन बाँकी कुनै पनि संक्रमित नभएको दाबी गरेकी छिन् । साथै उनले न्युजिल्याण्डले कोरोना भाइरसविरुद्धको लडाइँ जितेको जिकिर गरेकी छिन् ।

यससँगै मंगलबारदेखि न्युजिल्याण्डले लकडाउनमा केही छूट दिने निर्णय गरेको छ । न्युजिल्याण्डको स्वास्थ्य विभागका महानिर्देशक डाक्टर एश्ले ब्लूमफिल्डले मुलुकले आफ्नो लक्ष्य हासिल गरिसकेको बताए । यसको अर्थ मुलुकमा संक्रमितहरु छैनन् भन्ने नरहेको तर आफूहरुलाई संक्रमितहरु कहाँबाट आइरहेका छन् भन्ने कुरा थाहा भएको ब्लूमफिल्डको भनाइ छ ।

सोमबार न्युजिल्याण्डमा एक नयाँ संक्रमित फेला परेका छन् भने एक जनाको मृत्यु भएको छ । न्युजिल्याण्डमा अहिलेसम्म एक हजार पाँच सयभन्दा कम संक्रमित छन् ।

यीमध्ये ८० प्रतिशत निको भइसकेका छन् । अहिलेसम्म यो मुलुकमा कोरोना भाइरसको कारण १९ जनाको मृत्यु भइसकेको छ । स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment