Comments Add Comment

लकडाउनको समय संगीत सृजनामै व्यस्त अर्जुन, यी हुन् उनले तयार पारेका १० गीत

लकडाउनका कारण घरमा नै बन्धक बनेका संगीतकार अर्जुन पोखरेलले संगीत सृजनालाई भने छोड्न सकेनन् । एक महिना घरमा थुनिदा उनले झण्डै १ दर्जन गीतको संगीत सृजना गरेका छन् ।

उनको दिनचर्या नै पियानो र हार्मोनियमसँग बित्ने गर्छ । आफैँले कल्पेका शब्द तथा गीतकारले पठाएका शब्दहरुसँग उनी खेल्दै आफ्नो दिन बिताइरहेका छन् ।

यो बीचमा अर्जुनले १० वटा गीतको धुन तयार गरिसकेका छन् । केही गीतका शब्दहरु आफैँले कोरेका छन् भने केही गीतहरु अरुकै शब्दमा तया गरेका छन् ।

अर्जुनले तयार गरेको पहिलो गीत हो, ‘मनको पाखो बाझो हुँदा’ । जुन गीतमा शब्द रचना भुपेन्द्र महतको रहेको छ ।

यस गीत अर्जुन र भुपेन्द्रले मिलेर ६० वर्षिय शरीरिक रुपमा अशक्त बृद्धको लागि तयार पारेका हुन् । जसमा अडियो र भिडियोको लगानी भुपेन्द्र र अर्जुनले गर्नेछन् । यसबाट आएको सम्पूर्ण कमाई उनै ६० वर्षिय बुद्धलाई दिने अर्जुनले बताए ।

अर्जुनले केही वर्ष अगाडि सार्वजनिक हिट गीत ‘काले केटा’को दोस्रो भाग ‘म हिड्दा खेरी’ पनि तयार गरेका छन् । जुन गीतको शब्द अर्जुन आफैँले तयार गरेका हुन् । यस गीतमा दुर्गा खरेलले स्वर दिनेछिन् ।

त्यस्तै, गीतकार नारायण काईलोको शब्द रहेको ‘छुदिन म जाले रुमाल’ बोलको गीतमा पनि अर्जुनले संगीत गरिसकेका छन् । यस गीत बिल्कुलै फरक प्याटर्नमा तयार भएको अर्जुनले बताए । उनले भने, ‘यो गीत म आफैँलाई पनि मन परेको छ । यस गीत पक्कै दर्शक/श्रोताले रुचाउनु हुनेछ ।’

आफ्नै शब्द/संगीतमा अर्जुनले अर्को गीत पनि तयार गरेका छन् । ‘कुनै दिन’ बोलको उक्त गीत अस्मिता अधिकारीले गाउनेछिन् ।

अर्जुनले तयार गरेको पाचौँ गीत हो, ‘हाम्रो सम्बन्धमा’ । यस गीतको शब्द लोकराज अधिकारीले लेखेका हुन् । यस गीत राजेशपायल राईको एल्बमको तयार गरिएको अर्जुनले बताए ।

दिनेशराज पुरीको शब्द रहेको ‘धारै नखोली’ बोलको गीतलाई पनि उनले संगीतबद्ध गरिसकेका छन् । यो भने लोक गीत हो । यस गीतमा पनि आफूले केही फरक गर्ने प्रयास गरेको अर्जुनले बताए ।

अर्जुन पोखरेलले दुई वटा चलचित्रको लागि पनि गीत तयार गरिसकेका छन् । दिग्गज धौरालीको शब्दमा ‘रंगभन्दा रंगीन’ र मुक्त उदासको शब्दमा ‘तिम्रो प्रेम’ बोलको गीत उनले चलचित्रको लागि तयार गरेका हुन् ।

त्यस्तै, गीतकार अम्बिका गुरुङको शब्द रहेको ‘तिमी नै हौ’ बोलको गीतको लागि पनि अर्जुनले धुन भरिसकेका छन् । यो अम्बिकाको एल्बमको लागि तयार भएको गीत हो ।

अर्जुनले तयार गरेको दशौं गीत हो, ‘टाढैबाट बाई बाई’ । यस गीतको शब्द अर्जुन आफैँले लेखेका हुन् ।

अर्जुन निर्देशक दीवाकर भट्टराईको र निर्देशक सुदर्शन थापाको नयाँ चलचित्रको लागि पनि संगीत सृजना गरिरहेका छन् ।

यसरी हेर्दा अर्जुनको लागि लकडाउनको लाभदायक नै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment