Comments Add Comment

पूर्वसचिव उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

१५ वैशाख, काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको आरोपमा यही वैशाख १० गते उपाध्याय पक्राउ परेका थिए । पूर्वसचिव उपाध्यायविरुद्ध आइतबार साइबर क्राइमको मुद्दा दर्ता भएको थियो । उनलाई ५ वर्षसम्म कैद सजाय दिन माग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment