+
+
Shares

दक्षिण कोरियामा स्थानीय स्तरमा हुने संक्रमितको संख्या शून्य

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १८ गते १२:३२

१८ वैशाख, काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) बाट स्थानीय स्तरमा हुने नयाँ संक्रमितको संख्या शून्यमा झरेको छ । फेब्रुअरी १८ पछि पहिलोपटक दक्षिण कोरियामा स्थानीय स्तरमा नयाँ संक्रमित फेला नपरेका हुन् । बिहीबार सार्वजनिक गरिएको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा केवल चारजना नयाँ कोरोना भाइरसका संक्रमित फेला परेका छन् । ती सबै संक्रमित विदेशबाट आएका मानिसहरु हुन् ।

दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अहिलेसम्म दक्षिण कोरियामा कोरोना भाइरसका १० हजार सात सय ६५ संक्रमित देखिएका छन् । जसमध्ये दुई सय ४७ जनाको मृत्यु भएको छ । साथै नौ हजार ५९ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । दक्षिण कोरियाले विना कुनै लकडाउन मुलुकमा कोरोना भाइरसलाई नियन्त्रणमा लिएको हो ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?