Comments Add Comment

क्युबाको सहयोग लिएको भन्दै अमेरिकाद्वारा दक्षिण अफ्रिकाको आलोचना

१८ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा सहयोगको लागि क्युबाको सहयोग लिएको भन्दै अमेरिकाले दक्षिण अफ्रिकाको आलोचना गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दक्षिण अफ्रिकाको आलोचना गरेका हुन् ।

गत आइतबार क्युबाबाट करिब दुई सय स्वास्थ्यकर्मीको टोली दक्षिण अफ्रिका पुगेको थियो । यो टोलीमा महामारी विशेषज्ञ, फिजिसियन, बायो टेक्नोलोजी क्षेत्रका जानकार र स्वास्थ्य क्षेत्रसँग जोडिएका अन्य विशेषज्ञ सामेल थिए ।

समाचार एजेन्सी एएफपीका अनुसार पोम्पेओले क्युबाले महामारीको फाइदा लिइरहेको बताए । उनले क्युबाको सहयोग नलिएको भन्दै ब्राजिल, इक्वेडर, बोलिभियालगायतका मुलुकको प्रशंसासमेत गरे ।

उनले सबै मुलुकलाई क्युबाको सहयोग अस्वीकार गर्न आग्रह गरेका छन् । क्युबाका राष्ट्रपति मिगुल दियाजले पोम्पेओको टिप्पणीको उत्तर दिँदै अमेरिकाले सधै आफ्नो मुलुकको अन्तर्राष्ट्रिय स्वास्थ्य सहयोग सम्झौताबारे झुट र गलत आरोप लगाउँदै आएको बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment