+
+
Shares

स्पेनमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या ६ साताकै कम

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १८ गते १९:४२

१८ वैशाख, काठमाडौं । स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिनमा मृत्यु हुनेको संख्या ६ साताकै कममा झरेको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण दुई सय ६८ जनाको मृत्यु भएको छ । यससँगै स्पेनमा कोरोना भाइरसबाट समग्रमा मृत्यु हुनेको संख्या २४ हजार पाँच सय ४३ पुगेको छ ।

पछिल्लो केही दिनयता स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा पनि कमी आइरहेको छ । मृत्यु हुनेको संख्यामा कमी आएसँगै स्पेनमा लकडाउन पनि केही खुकुलो पारेको छ । स्पेन कोरोना भाइरसको कारण युरोपमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म स्पेनमा संक्रमित हुनेको संख्या दुई लाख ३६ हजार नाघिसकेको छ भने एक लाख ३२ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किसकेका छन् ।

स्रोत :अल जा जीरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?