 
																			चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि दौडधुप सुरु भएको छ । गत मंसिर २९ देखि रिक्त रहेको सो पदमा आवेदन आह्वान भएसँगै अध्यक्षको लागि दौडधुप सुरु भएको हो । मंसिर २९ मा बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछि बोर्ड अध्यक्षविहीन बनेको छ ।
आवेदन आह्वान भएसँगै नायक निखिल उप्रेतीले पनि अध्यक्ष पदको लागि दौडधुप सुरु गरेका छन्। चलचित्र क्षेत्रमा लामो समय बिताएका उप्रेतीले बोर्डको अध्यक्षका लागि आन्तरिक लबिङमा जुटेका हुन्।
यद्यपि नायक उप्रेतीले भने आफू बोर्ड अध्यक्ष बन्न लागेको कुरालाई सार्वजनिक रुपमा खुलेर बताउन भने इन्कार गरेका छन् । तर, राजनीतिक वृत्तमा समेत राम्रै सम्बन्ध बनाएका निखिलले अध्यक्ष पदको लागि आवेदन दिने सम्भावना बलियो रहेको उनी निकट चलचित्रकर्मीहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4