Comments Add Comment

फोल्डेबल आइफोनको तयारीमा एप्पल, ब्याट्रीसमेत पट्याउन सकिने

पट्याउन मिल्ने स्मार्टफोनको क्षेत्रमा अन्य प्रतिस्पर्धी स्मार्टफोन कम्पनीहरुभन्दा पछि परेको एप्पलले पनि अन्ततः फोल्डेबल स्मार्टफोन ल्याउने तयारी गरेको छ ।

हालै एप्पलले अमेरिकामा दर्ता गरेको पेटेन्ट विवरणले कम्पनी फोल्डेबल आइफोन तथा आइप्याड निर्माणमा लागिरहेको खुलासा भएको हो ।

साथै फोल्डेबल एन्ड्रोइड डिभाइसलाई टक्कर दिनका लागि एप्पलले नितान्त फरक प्रविधि अँगाल्ने अपेक्षा समेत गरिएको छ ।

यद्यपि फोल्डेबल स्मार्टफोनको बारेमा एप्पलले कुनै आधिकारिक जानकारी दिएको छैन तथापि एप्पलले पछिल्लोपटक जारी गरेको नयाँ अपडेटले समेत एप्पलको उल्लेखित तयारीतर्फ संकेत गरेको छ ।

एप्पल कम्पनीका विषयमा समाचार प्रकाशित गर्ने cultofmac.com का अनुसार फोल्डेबल स्मार्टफोन निर्माणका लागि अहिले एप्पलले लचिलो ब्याट्री निर्माणमा काम गरिरहेको छ ।

भविष्यको फोल्डेबल आइफोन वा आइप्याडका लागि नै एप्पलले फ्लेक्सिबल ब्याट्री तयार गरिरहेको अनुमान गरिएको छ । एप्पलले तयार गरिरहेको सो ब्याट्री मोड्न सकिने खालको रहेको छ ।

अन्य कम्पनीहरुले फोल्डेबल स्मार्टफोन बजारमा ल्याएपनि अहिलेसम्म त्यस्ता स्मार्टफोनमा फोल्डेबल ब्याट्री प्रयोग गर्न सकेका छैनन् । एप्पलले फोल्डेबल ब्याट्री सहितको फोल्डेबल फोन ल्याएर स्मार्टफोन प्रविधिमा नयाँ युगको सुरुवात गर्ने तयारीमा रहेको बताइएको छ ।

फोल्डबेल स्मार्टफोनमा ब्याट्रीको चुनौती

स्मरण रहोस् सामसुङको ग्यालेक्सी फोल्ड, हुवावे मेट एक्स तथा मोटो राजर २०१९ जस्ता फोल्डेबल स्मार्टफोनहरुका लागि ब्याट्री राख्ने ठाउँ नै सबैभन्दा ठूलो चुनौती बनेको छ ।

निर्माणको चरणदेखि दैनिक प्रयोगको चरणसम्मै फोल्डेबल स्मार्टफोनको ब्याट्री खासै राम्रो देखिएको छैन ।

अर्कोतर्फ एप्पलले पछिल्ला एक दुई वर्षयता विभिन्न पेटेन्ट्स दर्ता गराइसकेको छ । यसले पनि एप्पलले फोल्ड गर्न सकिने ब्याट्री बनाउनका लागि तिव्र गतिमा काम गरिरहेको प्रष्ट हुन्छ । यस्तो फोल्डेबल ब्याट्रीको नयाँ डिजाइन तथा अवधारणका विषयमा पनि विभिन्न खुलासाहरु भैसकेका छन् ।

एप्पलको नयाँ पेटेन्टमा कम्पनीले ब्याट्रीलाई यस्तो खालको ढाँचामा तयार गर्नेछ कि ब्याट्रीलाई जुनसुकै दिशामा पनि मोड्न सकिनेछ । यदि आफुखुसी एंगलमा मोड्न सकिने ब्याट्री एप्पलले तयार पार्न सकेमा उक्त ब्याट्रीसहितको फोल्डेबल स्मार्टफोन ऐतिहासिक हुनेछ । यसले फोल्डेबल स्मार्टफोनको बजारमा एप्पलको प्रविधि सबैभन्दा अग्रस्थानमा हुनेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment