Comments Add Comment

२४ वैशाखमा नेपाल एयरलाइन्स सिड्नी जाने, जेठ २ मा पनि उडानको तयारी

१९ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्स २४ वैशाखमा अस्ट्रेलियाको सिड्नी उड्ने निश्चित भएको छ । अस्ट्रे्लिया र नेपालस्थित अस्ट्रेलियन दूतावासबीच आगामी २४ वैशाखमा सिड्नी उडान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

दूतावासका अनुसार यस उडानबाट नेपालमा रोकिएका अस्ट्रेलियन नागरिकलाई घर फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरिएको हो । यसअघि नेपाल एयरलाइन्सले अस्ट्रेलियाको ब्रिस्वेनमा चार्टर्ड उडान गरिसकेको छ ।

त्यसबेला अस्ट्रेलिया र न्युजील्याण्डका नागरिकलाई घर फर्काइएको थियो । दूतावासले नेपालबाट अस्ट्रेलिया फर्कन चाहने नागरिकलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ । दूतावासका अनुसार नेपालबाट तेस्रो चार्टर्ड उडानको तयारी समेत सुरु भएको छ ।

सम्भवतः यो उडान जेठ २ (१५ मे)मा हुनेछ । उक्त उडान समेत नेपाल एयरलाइन्सबाटै हुने दूतावासले जानकारी दिएको छ । उक्त उडान सम्भव भएमा त्यो अस्ट्रेलियाका लागि नेपाल एयरलाइन्सको तेस्रो चार्टर्ड उडान हुनेछ ।

नेपालमा लकडाउन र अन्तर्राष्ट्रिय हवाई उडान लम्बिएसँगै यहाँ अडि्कएका नागरिकलाई मुलुकहरूले धमाधम फिर्ता लगिरहेका छन् । त्यसक्रममा यात्राको टिकट भने यात्रु स्वयंले काट्नु पर्ने प्रावधान राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment