Comments Add Comment

कैलालीमा कोरोना आशंकित एक जना आइसोलेसनमा

१९ वैशाख, कैलाली । कैलालीका एक युवकलाई कोरोना संक्रमणको आशंकामा आइसोलेसन कक्षमा भर्ना गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका ९ का २५ वर्षीय युवकलाई बिहीबार सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।

उनलाई उच्च ज्वरो र खोकी लागेको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । उनी चैत्र ६ गते भारतको मुम्बईबाट कैलाली आएका हुन् ।

बिहीबार अस्पताल भर्ना भएका युवकको स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । स्वाबको रिपोर्ट शनिबार आउने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment