Comments Add Comment

प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाले सुरु गर्‍यो कोरोना परीक्षण

१९ वैशाख, विराटनगर । कोरोना भाइरसको संक्रमण बढेसँगै प्रदेश १ सरकारले प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना परीक्षणको काम सुरु गरेको छ ।

विराटनगरको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ल्याब स्थापना गरी शुक्रबारबाट कोरोना भाइरस (कोभिड-१९) का शंकास्पद व्यक्तिको स्वाब परीक्षण सुरु गरिएको हो । योसँगै अब प्रदेशमा दैनिक ३ सय जनाको स्वाब परीक्षण गर्न सकिने व्यवस्था मिलाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्री जीवन घिमिरेले कोरोना भाइरस (कोभिड-१९) का दैनिक तीन सय बढीको स्वाव नमुनाको परीक्षण गर्ने गरी दर बढाइएको र सोही क्रममा शुक्रबारबाट थप नयाँ ल्याब स्थापना गरी परीक्षणका दर बढाइएको जानकारी दिए । अब प्रदेश १ मा कोसी अस्पताल ,सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रयोगशालाको ल्यावबाट गरी एकैदिन कम्तीमा तीन सय जनाको स्वाबको नमुना परीक्षण गरी कोरोना पहिचान गर्न सकिने बताए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवले संघले उपलब्ध गराएको ल्याबमा ६ जना प्राविधिकहरूले २४ घण्टा परीक्षणको काम गर्ने व्यवस्था मिलाइएको छ।
विराटनगरको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा कोरोना भाइरस (कोभिड-१९) का शंकास्पद व्यक्तिको शुक्रबार दुई जनाको स्वाब परीक्षण भइरहेको जानकारी दिए ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको ल्याबबाट दैनिक २० जना सम्मको स्वाब परीक्षण गर्नसक्ने क्षमताको रहेको छ ।

मलिकुलर ल्याब पीसीआरमा ८० मिनेटको समयमा दुई वटा स्वाबको रिपोर्ट आउने प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालयले जनाएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले शुक्रबार प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सञ्चालनमा ल्याएको ल्याबको निरीक्षण गरेका छन् ।

प्रदेशमा यसअघि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्यसैगरी कोसी अस्पतालको ल्याबबाट स्वाबको परीक्षण हुँदै आएको छ । प्रतिष्ठानको ल्याबबाट दैनिक १ सय बढी र कोसी अस्पतालको ल्याबबाट पनि १ सय जनासम्मको स्वाबको नमुनाको परीक्षण गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment