+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
९१ बलमा १४६ रन आवश्यक
चितवन राइनोज 2025
24/2 (4.5)
Shares

कसरी आफैं टालियो ओजोनको प्वाल ?

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २० गते ९:०९

काठमाडौं । वायुमण्डलको ओजन तहमा रहेको सबैभन्दा ठूलो प्वाल आफैं टालिएको छ । पृथ्वीको ध्रुवीय क्षेत्र माथिको आकाशमा रहेको ओजन तहको प्वाल बन्द भएको हो ।

मार्चको अन्त्यतिर कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसका वैज्ञानिकहरुले उत्तरी गोलार्ध माथिको वायुमण्डलको ओजन तहमा अहिलेसम्मकै ठूलो प्वाल देखेका थिए । ओजन तहको उक्त प्वालको आकार लगभग ग्रिनल्याण्डको क्षेत्रफल जत्रै थियो ।

तर अप्रिल २३ मा एउटा सुखद खबर आयो । कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसले एक ट्वीट गर्दै आर्किटकको आकाशमा देखिएको ओजनको प्वाल बन्द भएको घोषणा गर्‍यो ।

उत्तरी ध्रुव माथिको आकाशमा देखिएको ओजनको विशाल प्वाल असामान्य मौसमको नतिजा भएको वैज्ञानिकहरुको ठहर छ ।
ध्रुवीय क्षेत्रको अत्यन्तै ठण्डा हावामा जब तीव्र गतिको हावा फस्दछ त्यसबाट सिर्जना हुने हुण्डरीले वायुमण्डलमा तीव्र दबाब पैदा गर्दछ । वैज्ञानिक भाषामा त्यसलाई पोलार भर्टेक्स भनिन्छ ।

उक्त हावाको दबाब यति तीव्र हुन्छ कि त्यसले समताप मण्डलको ओजन तहमा समेत प्वाल पारिदिन्छ ।

वैज्ञानिकहरुका अनुसार उत्तरी ध्रुवमा देखिएको असामान्य मौसम सामान्यीकरण भएसँगै ओजन तहमा परेको प्वालसमेत आफैं टालिएको हो ।

उत्तरी ध्रुवको आकाशमा देखिएको ओजन प्वाल आफैं टालिनुमा कोरोना महामारीका कारण भैरहेको लकडाउनबाट प्रदूषण घट्नुसँग कुनै सम्बन्ध नभएको वैज्ञानिकहरुको भनाइ छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?