Comments Add Comment

लकडाउनमा चिडियाखानाको अपिल : माछालाई भिडियो कल गर्नुस्

काठमाडौं । कोरोना भाइरस महामारी रोक्न लकडाउन भैरहेको जापानमा त्यहाँको सरकारले मान्छेको सुखदुःखमा त ध्यान दिइरहेकै छ, माछाको खुसीका लागि पनि अनौठो उपाय अपनाएको छ ।

जापानको टोक्योस्थित एउटा अक्वारियमले त्यहाँ पालिएका इल माछाका लागि भिडियो कल गर्न जनतासँग अपिल गरेको छ ।
लकडाउनका कारण अक्वारियममा पर्यटक नआउँदा निकै अत्यास मानिरहेका ती माछाहरुलाई मान्छे भएको आभास दिलाउन भिडियो कल गर्न अनुरोध गरिएको हो ।

सुमिदा अक्वारियम नामक उक्त अक्वारियम मार्च महिनाको सुरुदेखि नै बन्द छ । जसका कारण त्यहाँ रहेका जनावरहरुले पछिल्लो दुई महिनादेखि बाहिरी मान्छेको अनुहार देख्न पाएका छैनन् ।

मानिसको आवागमन नभएको ठाउँमा लामो समय कैद हुनुपर्दा इल माछामा निकै नकारात्मक असर देखिएको अक्वारियमका अधिकारीहरुले थाहा पाए ।

अन्य बेला आगन्तुक मानिसहरुलाई हेर्नका लागि बालुवा बाहिर टाउको निकालिरहने इलहरु अहिले जतिबेला पनि बालुवाभित्रै टाउको घुसारिरहने गरेका छन् । उनीहरुले मानिसलाई नै भुलिसकेको अनुमान अक्वारियमका अधिकारीहरुले गरे ।

त्यसैले भिडियो कलमार्फत धेरैभन्दा धेरै मानिसहरुको बोली तथा अनुहार अक्वारियममा रहेका इल माछालाई देखाएर उनीहरुको एक्लोपना र डिप्रेसन भगाउने योजना बनाइएको छ । जसअनुसार पहिलो चरणमा तीनदिने अनुहार प्रदर्शन महोत्सव आयोजना गर्दै मानिसहरुलाई भिडियो कल गर्न आह्वान गरिएको छ ।

मानिसहरुले चिडियाखानाले उपलब्ध गराएको नम्बरमा भिडियो कल गरी पाँच मिनेटसम्म इललाई हेर्न र आफ्नो अनुहारसमेत देखाउन पाउनेछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment