Comments Add Comment

रहस्यमयी थियो यी बलिउड अभिनेत्रीहरूको मृत्यु

बलिउडको चमक-दमकमा बाँचेका कतिपय अभिनेत्रीहरू जीवनको उत्तरार्द्ध भने अत्यन्तै दुःखदायी रह्यो । त्यस्तै, दुःखमा उनीहरूको गुमनाम मृत्यु पनि भयो। जस्तो सिल्क स्मिता । उनी दक्षिण भारतीय फिल्मकी सुपरस्टार थिइन् । तपाईंले फिल्म ‘डर्टी पिक्चर’ हेर्नुभएको छ भने सिल्क स्मिताबारे धेरै बताइरहनु नपर्ला । किनभने उक्त फिल्म सिल्क स्मिताकै जीवनमा आधारित थियो ।

खासमा उनको नाम विजयलक्ष्मी वडलाकपति थियो। तर, फिल्मी दुनियाँमा प्रवेशपछि सल्क स्मिताको नामले प्रख्यात भए । १९९६ मा उनले आत्महत्या गरिन् । उनी मदिराको कुलतमा थिइन् र आर्थिक अवस्था पनि एकदमै नाजुक थियो, त्यसबेला । पछि उनकै जीवनमा आधारित फिल्म पनि बन्यो, डर्टी पिक्चर ।

दिव्या भारती

१९९० को दशकमा सुपरहिट बनेकी अभिनेत्री दिव्या भारतीको मृत्यु अझै रहस्यमयी छ। उनको मृत्यु पाँचौं तलामाथिबाट बज्रिएर भएको थियो । प्रहरी अनुसन्धानले त यसलाई आत्माहत्या नै भनेको छ। तर, यसलाई धेरैले पत्याएनन् । धेरैले दिव्या भारतीको हत्या नै भएको दाबी गरे।

जिया खान

केही वर्षअघि जिया खानको मृत्यु भयो । उनी आफ्नै अपार्टमेन्टमा झुन्डिएकी अवस्थामा फेला परेकी थिइन् । तर, उनको आत्महत्यालाई पनि अझै स्वीकार गरिएको छैन। आमा रयिबा खानले आदित्य पञ्चोलीका छोरा सुरजमाथि हत्याको आरोप लगाएकी छिन् ।

परवीन बाबी

परवीन बाबीको मृत्युलाई लिएर अहिले पनि बलिउडमा अनेकौं अड्कलबाजी गरिन्छ । उनलाई आफ्नै कोठामा मृत अवस्थामा फेला पारिएको थियो। त्यो पनि मृत्यु भएको लामो समयपछि । खासमा उनी प्यारानाइड स्किजोफिनियाले ग्रस्त थिए। चिकित्सकका अनुसार उनको मृत्यु भोकको कारण भयो ।

विवेका बबाजी

भारतकी सर्वाधिक चर्चित मोडल विवेका बबाजीको मृत्यु निकै दु:खद् थियो। उनले आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । उनले आफ्नो डायरीमा केवल यति लेखेकी थिइन्, आइ किल । भनिन्छ, उनी ब्वाइफ्रेन्डका कारण पीडामा थिइन् ।

श्रीदेवी

बलिउड अभिनेत्री श्रीदेवीको मृत्यु असामान्य ढंगले भएको थियो । भनिन्थ्यो, साइलेन्ट हर्ट अट्याक्टका कारण उनको मृत्यु भयो । पोस्टमार्टम रिपोर्टमा उनले अल्कोहन सेवन गरेको भेटियो। मदिरा सेवन गरेर बाथरुम छिरेकी उनी बाथटपमा डुबिरहेको अवस्थामा भेटिएको थियो।

उनको मृत्युबारे अनेक अड्कलबाजी गरिए । एकथरीले मृत्युको कारण एन्टिएजिङ पिल्स र कस्मेटिक सर्जरी पनि हुनसक्ने बताएको थियो। तर, फरेन्सिक रिपोर्टले अर्कै तथ्य देखायो । त्यसअनुसार दुर्घटनावस डुबेको कारण उनको मृत्यु भएको मान्न थालियो। अचम्मलाग्दो त के भने जतिबेला उनको मृत्यु भयो, त्यसबखत उनका श्रीमान बोनी कपुर सोही होटलमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment