Comments Add Comment

मायादेवी मन्दिरमा दैनिक पूजा

२१ वैशाख, भैरहवा । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा दैनिक पूजाआजा हुने गरेको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिर परिसरमा थेरवाद विहारका भिक्षु वजिर र श्रीलंका विहारका भिक्षुुले दैनिक सन्ध्याकालीन दीप प्रज्वलन गरी पूजाआजा गर्ने गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

विश्वशान्तिको कामना गर्दै भिक्षुहरुले सिद्धार्थ गौतमकी माता मायादेवी मन्दिर तथा विहारमा दैनिक पूजाआजा र ध्यान गरिरहेको विकास कोषका कर्मचारी चन्द्र पाठकले जानकारी दिए ।

बन्दाबन्दीका समयमा बाहिरबाट भिक्षु तथा बुद्धधर्मका अनुयायी लुम्बिनी जान नपाए पनि लुम्बिनीमै बस्ने भिक्षुले दैनिक पूजा गर्ने व्यवस्था गरिएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताए ।

आन्तरिक र बाह्य गरी वार्षिक १२ देखि १५ लाखसम्म पर्यटक आउने लुम्बिनीमा बन्दाबन्दी शुरुभएसँगै पर्यटक आगमन शून्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment