
२१ वैशाख, काठमाडौं । बजार मूल्यभन्दा बढीमा सिमेन्ट बिक्री गरेको आरोपमा प्रहरीले जनकपुरबाट एकजनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले जनकपुर उपमहानगरपालिका-११ का ४८ वर्षीय रामप्रताप साहलाई आइतबार नियन्त्रणमा लिएको हो ।
बजार मूल्यभन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले आनन्द इन्टरप्राइजेज हार्डवयरका सञ्चालक समेत रहेका साहलाई नियन्त्रणमा लिएको हो ।
विभिन्न ब्रान्डका ४९ बोरा सिमेन्टसहित साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4