+
+
Shares

भावी प्रधानसेनापति बन्ने दौडमा रहेका शर्माले लगाए दर्ज्यानी चिह्न

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २१ गते १९:२९

२१ वैशाख, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको उत्तराधिकारीका रुपमा हेरिएका उपरथी प्रभुराम शर्माको रथीमा बढुवा भएको छ ।

आइतबार जंगीअड्डामा आयोजित एक कार्यक्रमका बीच शर्मालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह लगाइदिएका छन् ।

मन्त्रिपरिषदको १४ वैशाखमा बसेको बैठकले शर्मालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । शर्मा हाल सम्भार रथीको भूमिका थिए भने अब बलाध्यक्षको जिम्मेवारी पाएका छन् ।

बलाध्यक्ष रथी गौरव तण्डुलले १९ वैशाखबाट अवकाश पाएका छन् । अर्का रथी शरद गिरीले असार पहिलो साता उमेर हदका कारण अवकाश पाउँदैछन् ।

त्यसपछि प्रधानसेनापति थापामुनिको वरियतामा शर्मा उक्लनेछन् । उनले भारतबाट नेश्नल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् । हालका प्रधानसेनापति थापाले २०७८ भदौमा अवकाश पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?