+
+
Shares

अमेरिकाबाट कविता सुनाउँदै जीवन

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २२ गते १३:३०

नायक जीवन लुइँटेल अमेरिकामा छन् । विगत ३ वर्षदेखि उनी अमेरिकामा बस्दै आएका छन् ।

अमेरिका पुगेका जीवन केही समय गुपचुप अवस्थामा थिए । न सामाजिक सञ्जालमा देखिन्थे, न कतै उनले अन्तर्वार्ता नै दिएका थिए । उनी आफ्नै दुनियाँमा रमाइरहेका थिए ।

तर, केही दिन अगाडि जीवन एक्कासी फेसबुकको लाइभमा देखिए । उनले त्यहाँ कोरोनाको विषयमा मात्रै बोले । आफ्नो स्वस्थ्य र आफू बसेको सहरमा कोरोनाको अवस्था कस्तो छ भनेर उनले आफ्नो शुभचिन्तकलाई जानकारी दिएका थिए ।

उनको लाइभको निकै चर्चा भयो । धेरै दर्शकले निरन्तरताको अपेक्षा व्यक्त गरे । आफूलाई दर्शकले देखाएको प्रेम देखेपछि जीवनले अब निरन्तर दर्शकसँग नजिक रहने सोच बनाएको बारे बताए ।

सोही अनुरुप जीवनले आफ्नै युट्युब च्यानलबाट कविता वाचन सुरु गरेका छन् । उनले दुई दिन अगाडि कविता वाचन गरेको भिडियो युट्युबमार्फत् सार्वजनिक गरेका छन् ।

उनले त्यहाँ आफ्नो एक कवितासँगै निर्देशक प्रकाश सायमीले लेखेको एक कविता र कलाकार राजबल्लब कोइरालाद्वारा लिखित एक कविता वाचन गरेका छन् ।

जीवन कलाकारितासँगै साहित्यमा पनि विशेष रुचि भएका नायक हुन् । उनी कविता लेखिरहेका हुन्छन् । त्यसैले पनि उनले कविता वाचन सुरु गरेका हुन् । जीवनको यो कार्यबाट उनका शुभचिन्तकहरूले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?