+
+
Shares

महोत्तरीमा १० जनाको मृत्यु मदिरा सेवनकै कारण भएको पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २२ गते २०:१५

२२ वैशाख, जनकपुरधाम । महोत्तरीमा अज्ञात रोगबाट मृत्यु भएको भनिएका १२ जनामध्ये १० जनाको मदिरा सेवनकै कारण ज्यान गएको खुलेको छ ।

महोत्तरीको भंगहा नगरपालिका ६ र ७ तथा बर्दिवास नगरपालिका १२ का गरी १२ जनाको अज्ञात रोगले मृत्यु भएको भनिएकोमा १० जनाको रक्सी सेवनकै कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्र चौधरीले जानकारी दिए ।

उनका अनुसार १० जनाको रक्सी सेवनका कारण, १ जनाको औंलो रोगका कारण र १ व्यक्तिको अचानक मृत्यु भएको हो ।

स्वास्थ्य सेवा विभागबाट आएका मेडिकल टिमका डा. अमृत पोखरेल, जिल्ला तथा प्रदेश टिमका चिकित्सक तथा स्वास्थ्यकर्मी एवं धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट समेत आएका चिकित्सकको टोलीले मृतक प्रत्येक परिवारसँग सोधपुछ गर्दै अनुसन्धान गरेको चौधरीको भनाइ छ ।

सरकारका प्रबक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र सामाजिक विकास मन्त्री नवलकिशोर साह सोमबार अनुगमन गर्न पुगेका थिए ।

त्यस क्रममा अनुसन्धान गर्न आएका चिकित्सकले मृत्युको कारण रक्सी नै भएको बताएका थिए ।

प्रदेश सरकारले प्रति परिवारलाई एक लाख दिने

मृत्यु भएका भंगहाको अनुगमन गर्दै मन्त्रीहरुले मृतक परिवारलाई किरिया खर्चका लागि रु एक लाख उपलब्ध गराउने प्रतिबद्वता जनाएका छन् ।

आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले मृतक १२ जनाकै परिवारलाई एक लाखका दरले उपलब्ध गराउने बताए । ‘यस महामारीको घडीमा काज किरिया गर्न र बालबालिकाको भरणपोषण तथा शिक्षादिक्षाका लागि तत्काल प्रदेश सरकारले यो रकम उपलब्ध गराउँछ,’ उनले भने ।

सो अवसरमा सामाजिक विकास मन्त्री साहले मेघनाथ गोरहन्ना स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्रीहरु समेत हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा भंगहा नगरपालिकाका मेयर संजिव साहले कडा कानुन बनाएर मदिरा उत्पादन तथा बिक्री वितरण बन्द नभए सम्म घटना भइरहने बताए ।

मन्त्री नेतृत्वको टोलीमा प्रदेश सांसद जयनुल राइन, सुरिता साह, शारदा थापा सहितको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?