+
+
Shares

भारतले विदेशबाट आफ्ना नागरिकको उद्धार गर्ने

यात्रुहरूलाई हवाई जहाज र सेनाको पानी जहाजमार्फत ल्याइने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २३ गते ६:११
भारतीय जल सेनाको पानी जहाज

२३ वैशाख, काठमाडौं । भारतले विदेशमा फसेका आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउने भएको छ ।

कोरोना भाइरस फैलिन नदिन लकडाउन गरिएका कारण भारत सरकारले विदेशमा अलपत्र परेकालाई हवाई जहाज र जलसेनाको पानी जहाजमार्फत स्वदेश फर्काउन लागेको हो ।

भारतीय गृह मन्त्रालयका अनुसार उद्धारको प्रक्रिया मे महिनाको ७ तारिखदेखि सुरु हुनेछ । विदेश मन्त्रालय र उच्चायोगले विदेशबाट उद्धार गर्ने भारतीय नागरिकहरूको सूची तयार गरिरहेका छन् ।

स्वदेश ल्याइनेहरूसँग भाडा लिइने गृह मन्त्रालयले जनाएको छ ।

उडान भर्नुअघि यात्रुहरूको स्वास्थ्य जाँच गरिने छ । कोरोना भाइरस संक्रमणको लक्षण नभएकाहरू मात्रै स्वदेश आउन पाउनेछन् ।

भारत आइसकेपछि उनीहरूलाई पुनः स्वास्थ्य जाँच गर्ने र अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने छ । १४ दिन क्वारेन्टाइनमा बसेपछि फेरि कोरोना परीक्षण गर्ने र त्यसपछि पनि संक्रमण नदेखिएकाहरूलाई उनीहरुको घर जान दिइनेछ ।

कोराना भाइरसको संक्रमण रोक्ने उद्देश्यले भारतले २३ मार्चदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । २४ मार्चदेखि सुरु भएको लकडाउन १७ मेसम्म कायम छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न धेरै देशहरूले लकडाउन गरेकाले रोजगारी गुमाउनेहरूको संख्या बढिरहेको छ । कतिपय भिसा अवधि सकिएर अलपत्र परेका छन् ।

हाल विदेशमा रहेका नेपालीहरूले पनि आफूलाई स्वदेश फर्काउन माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?