Comments Add Comment

निर्मातालाई एमआइको अपिल–‘हल खुलेपछि मात्र फिल्म रिलिज गर्नुहोस्’

भारतमा लकडाउन लम्बिदै जाँदा बलिउडका धेरै चलचित्र संकटमा छन् । सिनेमा हल कहिलेसम्म खुल्छ यकिन छैन ।

त्यसैले पनि केही बलिउडकर्मीले डिजिटल प्लेटफर्ममा चलचित्र रिलिज सुरु गरेका छन् । नायक अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम्ब’ डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ ।

बलिउडकर्मीले डिजिटल माध्यमबाट चलचित्र रिलिज गर्न थालेपछि ‘मल्टिप्लेक्स एसोसिएसन अफ इन्डिया’ले हलमै चलचित्र रिलिज गर्न अपिल गरेको छ ।

एमआइले एक विज्ञप्ती जारी गर्दै भनेको छ–‘थिएटरको सम्मान गर्न हामी अपिल गर्दछौँ । हामी सबै निर्माता, कलाकारसँग यो अपिल गर्न चाहन्छौँ कि, बलिउडको हामी पनि एउटा अंग हौँ । त्यसैले, चलचित्र रिलिज हल खुल्ने समयसम्म रोकेर हामी सबैलाई चलचित्र प्रदर्शन क्षेत्रलाई साथ दिन अपिल गर्दछौँ ।’

यो संकट कम भएपछि नयाँ चलचित्रको माग बढ्ने र यसले चलचित्रको व्यापार पनि बढ्नेमा हामी विश्वस्त आफूहरु रहेको एमआइले विज्ञप्तीमा उल्लेेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment