+
+
Shares

बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २३ गते १३:५०

२३ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान भएको भेटमा स्थायी कमिटीमा लैजाने नेकपाको प्रस्तावका विषयमा छलफल भएको नेकपाका एक नेताले जानकारी दिए ।

नेकपाको सचिवालय बैठकले स्थायी कमिटीको बैठक वैशाख २५ गते बोलाउने निर्णय गरेको थियो ।

उक्त बैठकमा लैजाने प्रस्ताव तयारीको जिम्मा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिइएको छ । प्रस्तावका विषयमा प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग निरन्तर छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?