Comments Add Comment

रुसमा एक लाख ५० हजार नाघे कोरोना संक्रमित

२३ वैशाख, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या १ लाख ५० हजार नाघेको छ ।

रुसले मंगलबार एक तथ्यांक सार्वजनिक गर्दै त्यहाँका १ लाख ५५ हजार ३ सय ७० मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्र रुसमा १० हजार एक सय २ जना नयाँ संक्रमित थपिएका छन् ।

अन्य देशको तुलनामा रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने कम छ । पछिल्लो प्राप्त विवरणअनुसार, कोरोनाबाट यहाँका १ हजार ४ सय ५१ मानिसको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै ९५ जनाको मृत्यु भएको जनाइएको छ ।

रुसका कोरोना संक्रमितमध्ये १९ हजार ८ सय ६५ स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् ।

गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अझै कोरोना भाइरसको महामारी बढ्न सक्ने भन्दै मे ११ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेका थिए । पछिल्लो केही दिनयता रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या उल्लेख्य संख्यामा बढेको छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment