Comments Add Comment

तीन फोटो पत्रकारले जिते पुलित्जर पुरस्कार

पुरस्कार पाउने पत्रकारहरु यासीन, मुख्तार र आनन्द ।

२३ वैशाख, काठमाडौं । पत्रकारिता क्षेत्रकै प्रतिष्ठित मानिने पुलित्जर पुरस्कार भारतका तीन फोटो पत्रकारले पाएका छन् ।

पुलित्जर पुरस्कार बोर्डले यासीन डार, मुख्तार खान र चन्नी आनन्दलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । उनीहरु तीनै जना जम्मु र कश्मीरका बासिन्दा हुन् ।

गत वर्ष जम्मु–काश्मीरको विशेषाधिकार खारेज भएपछि उत्पन्न परिस्थितिमा आधारित उत्कृष्ट तस्वीरका लागि उनीहरुलाई सम्मानित गर्न लागिएको हो । उनीहरु तीनै जना अन्तर्राष्ट्रिय समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी)मा आवद्ध छन् ।

तीनै जनाले जम्मु काश्मीरका जनजीवन, प्रदर्शनकारी र सुरक्षा फौजको तस्वीर खिचेर संसारभर पुर्‍याएका थिए ।

गत वर्ष ५ अगस्टमा भारत सरकारले धारा ३७० खारेज गर्दै जम्मु काश्मीर र लदाखलाई केन्द्र शासित प्रदेशमा विभाजन गर्ने निर्णय गरेको थियो ।

धारा ३७० खारेजीको विरोधमा काश्मिरमा विरोध प्रदर्शन भएको थियो । उक्त धारा खारेज गर्नुपूर्व नै भारत सरकारले काश्मिरका प्रमुख नेताहरूलाई नजरबन्दमा राखेको थियो । महिनौसम्म कर्फ्यू लगाउँदै टेलिफोन र इन्टरनेट सेवामा प्रतिबन्ध लगाइएको थियो ।

मुख्तार खानको पुरस्कृत तस्वीर । तस्वीरमा भारतीय सुरक्षाकर्मीको प्रहारबाट घाइते श्रीनगरकी ६ वर्षीय मुनिफा नाजिर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment