+
+
Shares

६ जना कोरोना संक्रमित निको भए, बुधबार डिस्चार्ज हुँदै

हरि अधिकारी हरि अधिकारी
२०७७ वैशाख २३ गते २०:४१

२३ वैशाख, विराटनगर । कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएका छन् ।

पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्जको तयारी गरिएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो  । उनीहरुमध्ये ६ जना निको प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।

संक्रमण मुक्त भएकाहरुको कोशी अस्पतालको ल्याबमा तीन पटक परीक्षण गरिएको थियो । परीक्षण गर्दा ६ जनाको रिपोर्ट नेगेटिभ आएको कोरोना अस्पताल विराटनगरका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए ।

उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिने छ । डिस्चार्जपछि एकसाता विराटनगरको रानीमा स्वास्थ्यकर्मीको निगरानीमा राखिनेछ ।

विराटनगरको कोरोना विशेष अस्पतालमा ३१ जनाले उपचाररत छन् । विराटनगरको कोरोना विशेष अस्पतालमा उदयपुरमा संक्रमण पुष्टि भएका मात्र २८ जना उपचार गराइरहेका छन । बाँकी ३ जनामध्ये दुईजना झापा र एक जना भोजपुरका छन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?