Comments Add Comment

समस्यामा मलेसियाको उत्पादनमूलक क्षेत्र, ३० प्रतिशत कर्मचारी कटौतीको तयारी

कोरोना भाइरस -कोभिड-१९) को महामारीबाट मलेसिया निकै प्रभावित बन्न सक्ने अपेक्षा गरिएको छ । महामारीको कारण देखिएको गिरावटले मलेसियाका उत्पादनमूलक क्षेत्रका कम्पनीले ३० प्रतिशत कर्मचारी कटौती गर्न सक्ने एक सर्वेक्षणले देखाएको छ ।

मलेसियन एप्लोयर्स फेडेरेसन (एमईएफ)ले गरेको सर्वेक्षणले ८० प्रतिशत कम्पनीले कर्मचारी कटौती गर्न सक्ने बताएको हो । सर्वेक्षणले कम्पनीहरुलाई कर्मचारी कटौती नगर्न सरकारले दिएको राहत पर्याप्त नरहेको देखाएको हो ।

एमईएफका अनुसार मुलुकमा लगाइएको लकडाउनको कारण साना व्यवसायहरु नयाँ कर्मचारी भित्र्याउन नसक्ने अवस्थामा पुगेका छन् भने आफ्ना कर्मचारी पनि घटाउने अवस्थामा पुगेका छन् ।

यद्यपि विशेषज्ञहरुले भने मलेसियाको अर्थतन्त्र केही समयमा सुधार हुने आशा व्यक्त गरेका छन् । अर्थतन्त्र सुधार आएसँगै मलेसियाका व्यवसायहरु पनि पहिलाकै अवस्थामा फर्किन सक्ने उनीहरुको भनाइ छ ।

मलेसियाको अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्रको महत्वपूर्ण हिस्सा रहँदै आएको छ । यो क्षेत्रले मुलुकको अर्थतन्त्रको २० प्रतिशत हिस्सा ओगटेको छ । साथै यो क्षेत्रमा २० लाखभन्दा धेरै मानिसले काम गरिरहेका छन् ।

यसैबीच मलेसियन इस्टिच्युट अफ इकोनोमिक रिसर्च (एमआईईआर)ले कोरोना भाइरसको महामारीको कारण करिब २० लाख मानिसले आफ्नो रोजगारी गुमाउने आकलन गरेको छ । जसमध्ये ६० प्रतिशत कम दक्षता भएका कर्मचारीहरु रहनेछन् ।

स्रोतः द राक्यात पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment