Comments Add Comment

कोरोनाबाट इटालीभन्दा बेलायतमा धेरैको मृत्यु

२४ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण इटलीमा भन्दा बेलायतमा धेरै व्यक्तिको मृत्यु भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बेलायतमा २९ हजार पाँच सय एक र इटलीमा २९ हजार तीन सय १५ जनाको मृत्यु भएको छ । बेलायतमा मृत्यु भएकाहरूको संख्या इटालीको भन्दा एक सय ८६ ले बढी हो ।

कोरोना संक्रमितको संख्या भने इटालीमा धेरै छन् । इटलीमा दुई लाख १३ हजार १३ जनामा संक्रमण पुष्टि भएको छ भने बेलायतमा संक्रमितको संख्या एक लाख ९६ हजार दुई सय ४० छ ।

विश्वभर ३६ लाख ५९ हजार सात सय ५९ जना कोरोना संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै दुई लाख ५६ हजार नौ सय २८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

कोरोनाको उपचारपछि निको हुनेहरूको संख्या ११ लाख ९७ हजार सात सय ३५ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment