+
+
Shares

बिहीबारदेखि सांसदहरुमा कोरोना परीक्षण गरिने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २४ गते २१:०५

२४ वैशाख, काठमाडौं । बिहीबारदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा कोरोना संक्रमणको परीक्षण गरिने भएको छ ।

संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजेदेखि प्रतिनिधिसभाका सदस्यहरुको पीसीआर प्रविधिबाट कोरोनाको परीक्षण सुरु हुनेछ । १० बजेदेखि राष्ट्रिय सभाका सदस्यहरुको परीक्षण सुरु हुनेछ । कोरोना परीक्षण गर्ने व्यवस्था संघीय संसद भवनकै ल्होत्से हलमा मिलाइएको छ ।

एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको तयारी छ ।

सांसदहरुको टेष्ट गरिसकेपछि कर्मचारी, मर्यादापालक, पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

मंगलबार बसेको कार्यव्यवस्था समितिले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्थाका लागि आग्रह गरेको थियो । स्वास्थ्य मन्त्रालयले स्वीकार गरेपछि सचिवालयमा भएका चिकित्सकहरुका अतिरिक्त समेत थप गरेर कोरोना परीक्षणको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।

शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?