Comments Add Comment

सांसदहरूको कोरोना परीक्षण सुरु

२५ वैशाख, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा आजबाट कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण सुरु गरिएको छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

राष्ट्रिय सभा सांसदहरुको परीक्षण बिहान १० बजेदेखि र प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुने छ ।

संघीय संसद भवनकै ल्होत्से हलमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको लक्ष्य छ ।

सांसदहरुको परीक्षण गरिसकेपछि कर्मचारी, मर्यादापालक र पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने सूचना अधिकारी धमलाले जानकारी दिए ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्थाका लागि आग्रह गरेको थियो । स्वास्थ्य मन्त्रालयले स्वीकार गरेपछि सचिवालयमा भएका चिकित्सकहरुका अतिरिक्त समेत थप गरेर कोरोना परीक्षणको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment