+
+

महामारीबीच बढ्यो चीनको निर्यात

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २५ गते १६:५०

२५ वैशाख, काठमाडौं । गत अप्रिलमा चीनको निर्यात व्यापार अनपेक्षित रूपमा वृद्धि भएको छ । चीनको भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार, अप्रिलमा अमेरिकी डलरको हिसाबमा चीनको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ५ प्रतिशत बढेको हो ।

यसअघि विश्लेषकहरूले अप्रिलमा चीनको निर्यातमा ठूलो गिरावट आउने अनुमान गरेका थिए । मार्चमा भने चीनको निर्यातमा ६ दशमलव ६ प्रतिशतको गिरावट आएको थियो ।

सन् २०२० को सुरुवाती दुई महिनाको संयुक्त निर्यातमा १७ दशमलव २ प्रतिशत कमी आएको थियो । अप्रिलको निर्यातमा भने वृद्धि भएको पाइएको हो । यद्यपि, आयात व्यापारमा भने अप्रिलमा १४ दशमलव २ प्रतिशतको ठूलो गिरावट आएको छ । यसअघि मार्चमा चीनको आयातमा केवल शून्य दशमलव ९ प्रतिशतको गिरावट आएको थियो । जनवरी र फेब्रुवरीमा भने संयुक्त रूपमा ४ प्रतिशतको गिरावट आएको पाइएको थियो ।

अप्रिलमा चीनको व्यापार नाफा ४५ अर्ब ३४ करोड डलर देखिएको छ । यो नाफा यसअघि मार्चमा १९ अर्ब ९० करोड डलरमा थियो । सन् २०२० सरुवाती चार महिनामा चीनको समग्र निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशत घटेको छ । त्यस्तै, आयातमा पनि ५ दशमलव ९ प्रतिशतको गिरावट आएको छ ।

स्रोत : द साउथ चाइना मर्निङ पोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?