+
+

चीनमा कोरोनाका २ सय ६० बिरामी मात्रै बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते १४:४१

२६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उदगमस्थल चीनमा अब यो रोगबाट निको हुन बाँकी बिरामी संख्या दुई सय ६० मात्रै बाँकी रहेको बताइएको छ ।

शुक्रबार चीनको नेसनल हेल्थ कमिसनले दिएको जानकारी अनुसार, पछिल्लो २४ घण्टामा कोरोना भाइरसका केवल एक जनामात्र नयाँ संक्रमित भेटिएका छन् । यससँगै चीनमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ८२ हजार ८ सय ८६ पुगेको छ । तर, यसमध्ये ७७ हजार नौ सय ९३ जना निको भएर घर फर्किसकेका छन् । चार हजार ६ सय ३३ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

सुरुवातमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको चीन पछिल्लो समयमा भने कोरोना भाइरस नियन्त्रणमा सफल देखिएको छ । गत मार्च १ मा चीनमा कोरोना भाइरसका संक्रमितको संख्या ८० हजार पुगेको थियो । त्यसयता दुई महिनाभन्दा लामो समयमा दुई हजार पाँच सयको हाराहारीमा मात्र कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो अवधिमा औसतमा दैनिक ४१ जनाको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । अहिले भने नयाँ संक्रमित थपिने संख्या एक अंकमा झरिसकेको छ ।

मार्च १ मा चीनमा निको हुन बाँकी संक्रमितको संख्या ३२ हजार ६ सय १६ थियो । अहिले निको हुन बाँकी दुई सय ६० जनामा पनि केवल १८ जना मानिसमा गम्भीर लक्षण देखिएको छ । कोरोना भाइरस नियन्त्रणमा आउन थालेपछि विस्तारै लकडाउन खुकुलो पारिएको छ । लकडाउन खुकुलो भएपछि जनजीवन सामान्य अवस्थामा फर्किन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?