Comments Add Comment

धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध गर्ने प्रशासनको निर्णय

२६ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । संकट व्यवस्थापन केन्द्र धादिङको शुक्रबार बसेको बैठकले संघीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागु गर्दै धादिङ प्रवेश गर्ने पिपलमोड र चितवनबाट धादिङ प्रवेश गर्ने मौवाखोलाबाट मानिस आवागमनलाई पूर्णत: निषेध गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा शुक्रबार धादिङबेँसीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने दुई नाकामा कडाइ गर्ने निर्णय गरेको हो ।

यसैगरी सवारी सञ्चालन पास नभएका सवारीसाधन सञ्चालनमा ल्याइए प्रहरीले नियन्त्रणमा लिइ संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम कारबाही गरिने निर्णय समेत गरेको छ । खाद्यान्न, औषधि पसललगायतका दैनिक अत्यावश्यक पसल बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्ने निर्णय  बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment