+

फुटबलमा ५ खेलाडी परिवर्तन गर्न पाइने

२०७७ वैशाख  २६ गते २०:५१ २०७७ वैशाख २६ गते २०:५१
फुटबलमा ५ खेलाडी परिवर्तन गर्न पाइने

२६ वैशाख, काठमाडौं  । फुटबलमा ५ खेलाडी परिवर्तन सम्बन्धी नयाँ नियम पारित भएकाे छ । फुटबलकाे नियम बनाउने संस्था इन्टरनेशनल फुटबल एसाेसिएसन बाेर्ड (आईएफएबी) ले खेलाडीकाे सुरक्षाका लागि याे नियम लागू गरिएकाे जनाएकाे छ ।

आईएफएबीका अनुसार काेराेना भाइरसको महामारीपछि फुटबल शुरु हुँदा टिमले ५ खेलाडी परिवर्तन गर्न पाउनेछन् । काेराेना महामारीले गर्दा फुटबल अहिले स्थगित छ र अब फुटबल फेरि शुरु हुँदा खेलाडीकाे फिटनेस कायम राख्न अस्थायी रुपमा नियम परिवर्तन गरिएकाे हाे ।

आईएफएबीले फिफाकाे आग्रहमा नियम परिवर्तन गरिएकाे र यही वर्ष ३१ डिसेम्बर सम्म सकिने प्रतियाेगिताकाे लागि मात्र याे लागू हुने जनाएकाे छ ।

यसको अर्थ यही सिजनका बाँकी खेलहरु र च्याम्पियन्स लिग फेरि शुरु भए याे नियम लागू हुनेछ । २०२०-२१ काे सिजनमा याे लागू हुने छैन ।

कोरोना भाइरस फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय