+
+
Shares

‘चिनियाँलाई स्वदेश फर्कन नेपालले रोकेको होइन’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते २०:५५

२६ वैशाख, काठमाडौं । स्वदेश फर्कन पाउनुपर्ने माग राखेर सिंहदरबार अगाडि धर्ना दिएका चिनियाँ नागरिक पक्राउ परे ।

लकडाउन उल्लंघन गरेर निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका चिनियाँहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि झडपको अवस्था आएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेल बताउँछन् ।

भिडियोमा प्रहरी अधिकारीले ‘निषेधित क्षेत्र प्रदर्शन नगर्नुस्’ भनेर सम्झाएको देखिन्छ । शुक्रबार प्रदर्शनमा उत्रेका उनीहरूले ‘पैसा सकियो घर जान पाउनै पर्छ’ लेखिएको प्ले कार्ड बोकेको थिए ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारी लकडाउन स्वदेशी, विदेशी सबैका हकमा लागू हुने बताउँछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवसमेत रहेका बिडारी आफ्ना नागरिक फिर्ता लैजानु सम्बन्धित देशकै दायित्व भएको बताउँछन् । उनी भन्छन्, ‘आफ्नो देशले लान्छ भने नेपालले रोक्दैन, तर हामी कुनै पनि विदेशीलाई छोड्न जाँदैनौं ।’

चिनियाँ नागरिक घर फर्कन पाउने वा नपाउने कुरामा नेपाल सरकारको कुनै दोष नभएको परराष्ट्र मामिलाका जानकारहरू बताउँछन् ।

‘साँच्चै घर फर्कन खोजेका हुन् भने आफ्नो दुतावासमार्फत पहल गर्ने हो’ एक परराष्ट्रविद् भन्छन्, ‘मुलुकको सबैभन्दा ठूलो प्रशासनिक केन्द्र अगाडि प्रदर्शन गर्नु लकडाउन मात्रै होइन कुटनीतिक मर्यादाको पनि उल्लंघन हो ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?