Comments Add Comment

अमेरिकाको बेरोजगारी १९३० यताकै उच्च

काठमाडौं । गत अपि्रल महिनामा अमेरिकाको बेरोजगारी सन् १९३० यताकै उच्च बनेको छ । अप्रिल महिनामा अमेरिकाको बेरोजगारी १४ दशमलव ७ प्रतिशतमा पुगेको हो ।

कोरोना भाइरस (कोभिड-१९) को महामारीको कारण अमेरिकामा अपि्रलमा दुई करोड पाँच लाख मानिस बेरोजगार भएको हुन् ।

दुई महिनाअघिसम्म अमेरिकाको बेरोजगारी ५० वर्षयताकै सबैभन्दा कम तीन दशमलव ५ प्रतिशतमा थियो ।

यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने भविष्यमा अमेरिकी अर्थतन्त्रमा सुधार आउने बताएका छन् । फक्सन्युजलाई दिएको अन्तर्वार्तामा अपि्रलको रोजगारीको नतिजा कुनै नौलो नरहेको बताउँदै आफूलाई यसको आशंका पहिला नै भएको बताएका हुन् ।

ट्रम्पले आफूलाई बेरोजगारी बढेकोमा विपक्षी नेताले पनि दोष नदिएको बताएका छन् । उनले आफूले अमेरिमा गुमेको रोजगारी फेरि फिर्ता ल्याउन सक्ने दाबी पनि गरेका छन् ।

कोरोना भाइरसको महामारीसँगै अमेरिकी अर्थतन्त्रमा यसको असर देखिएको छ । महामारीको कारण अहिले धेरै व्यवसायहरु बन्द छन् । साथै खुद्रा व्यापारमा पनि कमी आएको छ ।

सरकारका ब्युरो अफ लेबर स्ट्याटिस्टिक्सकी अर्थशास्त्री एरिया ग्रोशेनले अहिलेको अवस्था ऐतिहासिक रहेको बताइन् । उनले यो महामारीबाट बच्न अमेरिकाले आफ्नो अर्थतन्त्रलाई एक किसिमको कोमामा पठाएको कारण अहिले यो नतिजा आएको उनको बुझाइ छ ।

अमेरिकाको श्रम मन्त्रालयका अनुसार अर्थतन्त्रको सबैजसो क्षेत्रमा गिरावट आएको छ । सबैभन्दा बढी प्रभावित हस्पिटालिटी क्षेत्रमा ७७ लाख मानिसको रोजगारी गुमेको छ । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा २५ लाख मानिसको रोजगारी गुमेको छ ।

श्रम विभागका अनुसार एक करोड ८१ लाख मानिसको रोजगारी अस्थायी रुपमा गुमेको छ । यस्तोमा अवस्था सामान्य भएसँगै अर्थतन्त्र पुनः पहिलाको जस्तै हुने अनुमान गरिएको छ । यद्यपि अमेरिकामा महामारीको कारण काम गर्ने तरिकामा भने परिवर्तन आउन सक्छ ।

अर्थशास्त्रीहरुले अमेरिकामा जति लामो समयसम्म् लकडाउन रह्यो अर्थतन्त्रमा त्यति नै धेरै नोक्सानी हुन सक्ने बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment