Comments Add Comment

चितवनमा प्रहरीमाथि आक्रमण, ३ जना घाइते, २ वटा गाडीमा क्षति

२७ वैशाख, चितवन । गाँजा बरामद गरेर फर्किँदै गरेको प्रहरी टोलीमाथि पूर्वी चितवनको राप्ती नगरपालिका-५ चौकीडाँडामा आक्रमण भएको छ । प्रतिकारस्वरुप एक राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।

राप्ती नगरपालिका-१२ बाट ३४ किलो गाँजा बरामद गरेर फर्किरहेको बेला शुक्रबार राति करिब साढे ९ बजेतिर चौकीडाँडामा स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेका थिए ।

आक्रमणबाट प्रहरी जवान अवधेशप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यादवको अवस्था मध्यम छ । अन्य दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

स्थानीयको आक्रमणबाट इलाका प्रहरी कार्यालय भण्डाराको बा १ झ ७४६५ र रत्ननगर नगरपालिकाको बा १२ च २७१ र नम्बरको गाडीमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । त्यसपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको उनले बताए ।

आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा, २२ वर्षीय सञ्चराम घलान र ३५ वर्षीय धनबहादुर घलान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment