+
+
Shares

धनुषाबाट झण्डै २१ किलो गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २७ गते १०:०५

२७ वैशाख, जनकपुरधाम । धनुषाबाट शुक्रबार राति २० किलो ७ सय ग्राम लागूऔषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गण हेडक्वार्टर धनुषाका अनुसार जिल्लाको विदेह नगरपालिका ५ बाट उक्त गाँजा बरामद भएको हो ।

एकराहीबाट सराबेतर्फ गाँजा लग्दै गरेका तीन जना व्यक्तिले ड्युटीमा खटिएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि गाँजाको पोका फालेर फरार भएको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल खड्काले जानकारी दिए ।

बेरिएको प्लाष्टिकको झोलाभित्र मेसिनले पेलेर प्याक गरिएको गाँजा बरामद भएको उनले बताए । आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाइने खड्काले जानकारी  दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?