Comments Add Comment

मासिक श्रावको असमान्य दुखाई अन्य कारण पनि हुनसक्छ

हरेक किशोरी हरेक महिना महिनावरी सुरु हुनुअघि पीडादायी क्षणबाट गुज्रन्छन् । कसैलाई यो पीडा कम हुन्छ, कसलाई असह्य । कतिसम्म भने, महिनावरी सुरु हुनुअघि पेट दुख्ने, वान्ता हुने जस्ता समस्या पनि कतिले झेल्ने गर्छन् ।

मासिक श्रावको बेला सामान्य दुखाई हुनु आम कुरा हो । यस्तो सबैलाई हुन्छ । तर, असामान्य रुपमा दुखाई एवं पीडा हुन्छ भने त्यो रोग हुनसक्छ, जसलाई एन्डोमेट्रियोसिस भनिन्छ ।

के हो एन्डोमेट्रियोसिस ?

यो एक गर्भाशयमा हुने समस्या हो । यसमा एन्डोमेट्रियम टिश्युबाट गर्भाशयको भित्र पत्र बनेको हुन्छ । गर्भाशयको आन्तरिक पत्र बनाउने एन्डोमेट्रियम जब असामान्य बढोत्तरी हुनथाल्छ, त्यो गर्भाशयबाट बाहिर फैलन थाल्छ । कहिले काहीँ त गर्भाशयको पत्र बाहिरी पत्र बाहेक अन्डाशय, आन्द्रा र अन्य प्रजनन अंगामा पनि फैलन्छ । यसैलाई एन्डोमेट्रियोसिस भनिन्छ ।

यो समस्या मासिक स्रावसँग जोडिएको छ ।

एन्डोमेट्रियोसिस भएपछि महिनावरीका क्रममा धेरै रगत बग्छ । पीरियड सुरु हुनुअघि कमजोरी एवं थकान महसुष हुन्छ । मेरुदण्डको तल्लो भागमा दुखाई अनुभव हुन्छ ।

रिसर्चमा ध्यान छैन

विश्वका हरेक १० महिलामा एक एन्डोमेट्रियोसिसले ग्रस्त हुन्छन् । भनिन्छ, १७ करोडभन्दा बढी महिला यस पीडाबाट गुज्रिरहेका छन् । आज मेडिकल क्षेत्रमा ठूल–ठूला अध्ययन भएका छन् । तर, महिलासँग जोडिएको थुप्रै समस्यामाथि खासै ध्यान दिइएको छैन । यस्तैमध्येको एक हो, एन्डोमेट्रियोसिस ।

अमेरिकामा पनि हरेक १० आंै महिला यसको शिकार छन् । जबकी महिलासँग जोडिएको रोगको रिसर्चका लागि औसत ६० लाख डलर बार्षिक रुपमा खर्च गरिदै आएको छ । जबकी निद्राका सम्बन्धमा रिसर्च गर्नका लागि यसभन्दा पचास गुणा बढी रकम खर्च गरिन्छ ।

एक रिसर्च अनुसार एन्डोमेट्रियोसिसले ग्रस्त महिला हरेक महिना एक पीडादायक क्षणबाट गुज्रन्छन् । साथसाथै यसको उपचार पनि उनीहरु उत्तिकै चिन्तित हुन्छन् । यो रोगको कारण बेलाबखत बाँझोपनको समस्या पनि हुन्छ ।

एन्डोमेट्रियोसिसलाई लिएर चिकित्सक पनि असंवेदनशिल

महिलाले झेलिरहेको यो समस्यामाथि चिकित्सक पनि उति गंभीर छैनन् । सामान्यतः सुरुवाती परीक्षणमा चिकित्सकले यस दर्दको कारण हुने घाउ देख्दैनन् । यस्तो धेरै कम भएको छ कि, जब एन्डोमेट्रियोसिसको स्क्यानमा अल्ट्रासाउन्ड नेगेटिभ आएको होस् ।

के छ उपचार ?

केस हिस्ट्री, टेस्ट र सोनोग्राफीबाट एन्डोमेट्रियोसिसको समस्या पत्ता लगाउन सकिन्छ । कहिले काहीँ ल्याप्रोस्कोपीको सहयोगबाट पनि यस रोगबारे पत्ता लगाएर उपचार गर्न सकिन्छ । यसका लागि पेटमा २–३ वटा स–सना क्यामेरा र अन्य उपकरण लगाएर पेल्विकभित्र एन्डोमेट्रियाटिक हिस्सा हटाउने वा लेजरको मद्दतले जलाउने गरिन्छ । हुन त सर्जरीपछि पनि फेरी यो पलाउने आशंका रहन्छ र कतिपय रोगीलाई मल्टीपल सर्जरीको आवश्यक्ता पर्न सक्छ ।

मेडिकल ट्रीटमेन्टमा कृतिम मेनोपाजको माध्यामबाट एन्डोमेट्रियासिस रोक्न सकिन्छ । यसका लागि हर्मोनल औषधी वा महिनामा एक वटा इन्जेक्सन काफी हुन्छ । हुन त यो पक्का उपचार होइन र यसको साइड इफेक्ट पनि हुनसक्छ ।

यसका साथै एन्डोमेट्रियासिसका समस्याले ग्रस्त महिलाले बच्चा जन्माउन चाहेमा यसका लागि आईयूआई र आईवीएफ जस्ता स्पेशल उपचार पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment