Comments Add Comment

‘भारतले सडक बनाएको जानकारी सरकारलाई दिएका थियौं’

२७ बैशाख, काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले भारतले नेपाली भूमि अक्रिमण गरेर सडक निर्माण गरेको विषय आफूहरुले सरकारलाई जानकारी गराएको दाबी गरेको छ ।

नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जाने सडक उद्घाटन भएको भोलिपल्ट मोर्चाका अध्यक्ष सीपी गजुरेलले विज्ञप्तीमार्फत यस्तो दाबी गरेका हुन् ।

‘नेपालको सीमाभित्र भारतीय सेनाले सडक बनाउँदै छ भन्ने जानकारीसहित हामीले उक्त काम रोक्न नेपाल सरकारले भारतसँग कूटनीतिक पहल गरोस् भनेर पटक–पटक ध्यानाकर्षण गराएका थियौं,’ मोर्चाले भनेको छ ।

कोभिड–१९ महामारीका बेला सन् १८१६ को सुगौली लगायतका सन्धिहरू विपरीत नेपाली भूभाग अतिक्रमण गरेको मोर्चाको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment