+

२२ औं एसियाली कराते प्रतियोगितामा एरिकालाई कांस्य पदक

२०८३ असार  ५ गते २१:२४ २०८३ असार ५ गते २१:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एरिका गुरुङले इन्डोनेसियाको बालीमा भएको २२ औं सिनियर एसियाली कराते प्रतियोगिताको ६८ केजीमाथि तौलसमूहमा कांस्य पदक जितेकी छन् ।
  • प्रशिक्षक कुशल श्रेष्ठका अनुसार एरिकाले काजकिस्तानकी खेलाडीलाई ११–२ ले पराजित गर्दै कांस्य पदक हासिल गरेकी हुन् ।

४ असार, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरूङले इन्डोनेसियाको बालीमा भइरहेको २२औं एसियन सिनियर कराते च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् ।

एसियन कराते च्याम्पियनसिपको महिला ६८ केजी माथिको तौल समूहमा एरिकाले कजाखस्तानकी ताइसिया उल्टेलबायभालाई ११-२ ले हराउँदै कास्य पदक जितेकी हुन् ।

पहिलो चरणमा वाइ‌ पाएकी एरिकाले दोस्रो चरणमा भारतकी जोनी माङखियालाई ८-० ले सहजै पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् ।

तर सेमिफाइनलमा एरिका आयोजक इन्डोनेसियाकी लुबिस लिका अल हुमैरासँग ३-१ ले पराजित हुँदा फाइनल पुग्न असफल भइन् ।

एरिकाले दोस्रो पटक एसियन कराते च्याम्पियनसिपमा पदक जितेकी हुन् । सन् २०२४ मा चीनको हान्झाउमा भएको २०औं एसियन कराते च्याम्पियनसिपमा एरिकाले ऐतिहासिक रजत पदक जितेकी थिइन् ।

गत वर्ष उज्बेकिस्तानमा भएको २१औं संस्करणमा भने एरिकालेले पदक जितिनन् जापानमा हुने २०औं एसियन गेम्सको तयारीमा रहेकी एरिकाले यस पटक कांस्य पदकमै चित्त बुझाइन् ।

सन् २०२३ मा चीनकै झान्झाउमा भएको १९औं एसियन गेम्समा ऐतिहासिक रजत पदक जितेपछि एरिकाले लगातार अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै पदक जित्दै आएकी छिन् ।

उनले कराते वान प्रिमियर लिगमा समेत ऐतिहासिक रजत पदक जितिसकेकी छन् ।

एरिका गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय