+

स्किब्स बास्केटबल शनिबारदेखि, ४८ टोलीको सहभागिता रहने

२०८३ असार  ५ गते २१:३० २०८३ असार ५ गते २१:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टोखाको बसुन्धरास्थित श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुलको आयोजनामा शनिबारदेखि १०औं स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुरू हुँदै छ ।
  • प्रतियोगितामा ३३ विद्यालयका ४८ टोलीले प्रतिस्पर्धा गर्ने र यसका लागि करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
  • दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्र्स समूहका खेलहरू आयोजना हुने छन् ।

५ असार, काठमाडौं । श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनमा १० औं स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा ३३ विद्यालयका ४८ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र गल्र्समा समान १२–१२ टिमले भाग लिने भएका छन् ।

सिनियर ब्वाइजमा टीआईए, जुनियर ब्वाइजमा पारामाउन्ट एकेडेमी र गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् । प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक सागर शर्माले जानकारी दिए ।

पहिलो दिन सिनियर ब्वाइजमा प्रिक्वाटरफाइनल तथा जुनियर ब्वाइज र गल्र्समा क्वाटरफाइनल चरणसम्मका खेल सम्पन्न हुने स्किब्सका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले बताए ।

दुईदिने प्रतियोगिताका खेलहरु टोखा नगरपालिका वडा ५, बसुन्धरास्थित आयोजकको कोर्टमा खेलाइने छ ।

स्किब्स बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय