+
+

महिलामा डिम्वाशयको ट्युमर, के छ उपचार ?

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते १७:५२

ओभरी सिस्ट अर्थात डिम्वाशयमा ट्युमरको समस्या विशेष रुपले प्रजनन् क्षमता भएका उमेरसमूहका महिलाहरुमा तिव्र रुपले बढ्दै गरेको पाइन्छ ।  यस्ता ट्युमर मटरको दाना जत्रै सानो हुन सक्छ वा यो यति धेरै ठूलो सम्म हुन्छ कि यसकैको कारण महिलालाई गर्भवती जस्तो देखिन पछि सक्छ ।

यस्ता ट्युमरको कारण महिलाहरुलाई अत्यधिक पेट दुख्ने र रक्तश्राव हुन्छ । यस्तो ट्युमर डिम्वाशयको क्यान्सरको प्रारम्भिक रुप पनि हुन सक्छ । यस्तो ट्युमरको अन्तिम र प्रभावकारी उपचार ल्याप्रोस्कोपिक लेजर प्रविधि हो ।

डिम्वाशयमा उत्पन्न हुने यस्ता सिस्टको केही प्रमुख प्रकार र त्यसको उपचार विधि यसप्रकार छ

एन्डोमिट्रियोटिक ट्युमर

यस खालको ट्युमरमा रगत भरिएको हुन्छ । यस समस्याबाट पिडित महिलाहरुलाई महिनावारीको समयमा धेरै दुखाई महसुस हुन्छ ।

डिम्वाशयको यस्तो ट्युमरको कारण लामो समयसम्म पेट, कोख दुख्ने गर्छ । साथै यसको कारण महिलाहरुमा बाँझोपना र यौनसम्पर्कको समयमा दुखाईको समस्या उत्पन्न हुन सक्छ ।

उपचारः एन्डोमिट्रियोटिक ट्युमरको उपचार समुचित रुपमा ल्याप्रोस्कोपिक विधिले गरिन्छ । ल्याप्रोस्कोपिक विधिले ट्युमरको वाललाई हटाइन्छ तर कैयौं पटक ट्युमर हटाउने क्रममा सर्जनको गल्तीको कारण धेरै मात्रामा सामान्य ओभरी टिस्यु पनि हटाइन सक्छ । यसैकारण डिम्वाशयको कार्यक्षमता र बच्चा जन्माउने क्षमता प्रभावित हुन्छ ।

यति मात्रै होइन यो ट्युमरको कारण महिलाहरुमा बाँझोपनाको समस्या पनि उत्पन्न हुन सक्छ । यो समस्याको समाधानको लागि कार्बनडाइअक्साइड लेजर धेरै प्रभावकारी हुन्छ । यस लेजर विधिबाट ट्युमर निकालेपछि डिम्वाशयलाई कुनै नोक्सान हुँदैन ।

पोलिसिस्टिक ओभेरियन डिजिज

यस्तो ट्युमरको समस्या धेरैजसो युवा अवस्थाका वा कम उमेरका महिलाहरुमा देखिन्छ । यो समस्याको कारण महिलाहरुलाई गर्भधारणमा कठिनाई हुन्छ । यो समस्याबाट ग्रसित महिलाको अनुहार स्तन र पिठ्युमा पुरुषको जस्तै रौंहरु पलाउन सक्छ भने महिनावारी पनि अनियमित हुन्छ ।

उपचारः यस्तो ट्युमरलाई सामान्यरुपमा खानपान, व्यायाम र आयुर्वेदिक औषधिहरुले उपचार गर्न सकिन्छ । तर कसैकसैलाई चिकित्साको यस्ता पारम्परिक विधिहरुबाट आराम नमिलेमा यसको उपचार ल्याप्रोस्कोपिक विधिबाटै गर्नुपर्ने हुन्छ ।

डर्माइड ट्युमर

प्रजनन क्षमताको उमेरका महिलाहरुमा यसखालको समस्या धेरै देखिन्छ । यसको कारण महिलालाई चरम दुखाई हुन्छ । यस खालको ट्युमर बढेर आफ्नो संरचनामा मोडिँदै जाक सक्छ जसले पाठेघरलाई समेत हानी पुर्याउँछ । यस्तो ट्युमरको उपचार लेप्रोस्कोपिक विधिले गर्न सकिन्छ ।

जर्म सेल ट्युमर र अन्य क्यान्सर

युवतीहरुमा यो समस्या धेरै हुन्छ । यसले भविष्यामा बाँझोपनाको समस्या पैदा हुन सक्छ । यस्तो क्यान्सर हुन सक्ने ट्युमरलाई ल्याप्रोस्कोपिक ब्यागमा राखेर निकालिन्छ ताकी क्यान्सर दोस्रो भागमा फैलन नसकोस् । पीडित महिलाहरुको पाठेघरलाई भविष्यमा प्रसवको लागि सुरक्षित राखिन्छ । यसपछि उनीहरुलाई रेडियोथेरापी दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?