Comments Add Comment

चीनलाई पनि ‘कूटनीतिक नोट’ पठाऔं : सरिता गिरी

२८ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिपुलेकको सीमा विवाद समाधान गर्न चीनलाई पनि ‘कूटनीतिक नोट’ पठाउनु पर्ने बताएकी छिन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सुझाव दिँदै उनले भनिन्, ‘लिपुलेकमा त्रिदेशीय समक्षदारी आवश्यक भएकाले चीनलाई पनि कूटनीतिक नोट पठाउनुपर्छ ।’

गिरीले नेपाल–भारतबीचको सीमा ९० प्रतिशत व्यवस्थित भइसकेको अवस्थामा बाँकी विवाद मिल्न नसक्नुको कारण के हो भनी प्रश्न गरिन् । यसबारे सरकारले बताउनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment