+
+
Shares

परराष्ट्रमन्त्रीको स्वीकारोक्ति : लिपुलेकमा भारतले सडक बनाएको जानकारी थियो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २८ गते २०:३०

२८ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि अतिक्रमण गरेको बनाएको सडकबारे सरकारलाई पूर्वजानकारी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले सडक बनाएको बताएका थिए । सांसदहरुले यसबारे सरकारलाई जानकारी थियो कि थिएन ? जानकारी थियो भने अहिलेसम्म के गर्‍यो भनेर प्रश्न गरेका थिए ।

जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘यो निर्माण कार्यबारे सरकारलाई थाहा नहुने भन्ने प्रश्नै आउँदैन ।’ उनकाअनुसार भारतले यो सडक बनाउने निर्णय सन् २००५ मा गरेको थियो भने २००८ मा निर्माण थालेको थियो । त्यसले नयाँ गति भने २०१४ मा लिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

‘हामीले सीमा समस्या समाधानका लागि पटक पटक प्रयास गर्दै आएको, वार्ताको मिति प्रस्ताव गरेको र जुनसुकै लेभलमा ट्र्याक, ट्र्याक १.५ वा ट्र्याक २ जुनसुकै लेभलमा कुरा गर्न हामी तयार रहेको बताउँदै आयौं’ उनले भने, ‘केही अनौपचारिक कुराकानी नभएका पनि होइनन् । सामान्यतया फेब्रुअरीको अन्त्यतिर बैठक बस्न सक्ने दिशातिर हाम्रा छलफल गअगाडि बढेका थिए ।’

तर कोरोनाको महामारीसँगै सबैको ध्यान यतातिर केन्द्रित भएको र बैठक हुन नसकेको उनले बताए । परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाटै गर्न सकिन्छ भन्नेमा सरकार दृढ रहेको समेत बताए ।

‘हिजो भारतीय विदेश मन्त्रालयको प्रवक्ताको एउटा प्रतिक्रिया छ, त्यसमा उहाँहरुको दाबी उल्लेख गर्दैगर्दा कोरोनापछि वार्ताको टेबलमा बस्न तयार छौं भन्नु भएको छ’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘त्यसबाट पनि कूटनीतिक माध्यमबाट समाधान गर्न सकिन्छ भन्नेमा सरकार दृढ छ ।’

वार्तामा नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखेर सम्झौतारहित अडान राख्ने र असल छिमेकीपन र असल मित्रताको भावनालाई पनि अगाडि लैजाने उनले बताए । साथै सबै मानवीय संकटमा केन्द्रित भएको बेला छिमेकीको संवेदनशीलतामाथि प्रश्न उठ्ने गतिविधि नगर्न भारतलाई आग्रह गरेका छन् ।

नेपाली भूमिको रक्षाका लागि सिंगो देश एकतावद्ध रहेको भन्दै उनले यसमा कसैले पनि संवैदनशीलता ल्याउने र राजनीतिकरण प्रयास गर्न नहुने बताए ।

हेर्नुहोस्  भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?