Comments Add Comment

सीमामा अलपत्र नेपालीको उद्धार गर्न कांग्रेस सांसदको माग

२८ वैशाख, बुटवल । नेपाल–भारत सीमा क्षेत्र दशगजामा अलपत्र नेपालीहरुलाई अविलम्ब स्वदेश ल्याउन कांग्रेस सांसदले माग गरेका छन् ।

रुपन्देहीको क्षेत्र नंं ५ ‘ख’ बाट निर्वाचित सांसद फखरुद्दिन खानले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै भारतका विभिन्न राज्यबाट हजारौं नेपाली रुपन्देहीसहित प्रदेश ५ का ६ वटा तराईका जिल्लाका दशगजा क्षेत्रमा आएर एक हप्तादेखि अलपत्र परेका उल्लेख गर्दै उनीहरुलाई तत्काल स्वदेश ल्याउन माग गरेका हुन् ।

कोरोना भाइरस संक्रमणको असरले भारतका विभिन्न राज्यमा रोजगारी गरिरहेका नेपालीहरु रोजगारी गुमेपछि र ती राज्यले प्रत्यक्ष अप्रत्यक्षरुपमा नेपाल फर्कन दबाव दिएकाले ढिला नगरी नेपाल ल्याएर क्वारेन्टाइनमा राख्न सांसद खानले माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment