Comments Add Comment

छोराको चिर्पट प्रहारबाट बुबाको मृत्यु

२८ वैशाख, काठमाडौं । धनुषामा छोराले चिर्पट प्रहार गर्दा बाबुको ज्यान गएको छ । छोराको चिर्पटप्रहारबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडिया बस्ने ६० वर्षीय जोगी महासेठको मृत्यु भएको हो ।

घरायसी विवादका क्रममा ३० वर्षीय छोरा नरेश महासेठले मंगलबार बुबा जोगी महासेठमाथि दाउराको चिर्पट प्रहार गरेका थिए । छोरोको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका जोगीको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

चिर्पट प्रहार गर्ने नरेशको खोजी कार्य जारी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment