+
+
Shares

जाम्बियाका यौन व्यवसायीले सघाइरहेका छन् कोरोना ट्रेसिङमा

स्वास्थ्यमन्त्रीले गरे प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते ७:१२

२९ वैशाख, काठमाडौं । जाम्बियामा यौन व्यवसायमा संलग्नहरुले कोरोना भाइरस संक्रमितको ट्रेसिङ गर्ने काममा स्वास्थ्यकर्मीहरुलाई सघाइ रहेका छन् । उनीहरुले गरेको सहयोगको जाम्बियाका स्वास्थ्यमन्त्री शितालु शिलुफ्याले तारिफ गरेका छन् ।

जाम्बियाका यौन व्यवसायीहरुले सिमानाको नाकोन्डे क्षेत्रमा कोरोना भाइरस ट्रेसिङमा सघाइरहेको बीबीसीले लेखेको छ ।

जाम्बियाको उत्तरी क्षेत्रमा कोरोना संक्रमितहरु बढेका छन्, जसमा यौन व्यवसायमा संलग्न व्यक्ति र लरी चालकहरुसँग सम्पर्कमा आएकाहरु धेरै छन् ।

नयाँ संक्रमितहरुमध्ये ८५ देखि ७६ जनासम्म यौन व्यवसायमा संलग्न व्यक्ति वा लरी चालकहरु रहेको स्वास्थ्यमन्त्री शिलुफ्याको भनाइ छ । आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुको बारेमा जानकारी दिएर कोरोना भाइरसको ट्रेसिङ र टेस्टिङमा सघाएको भन्दै मन्त्री शिलुफ्याले भने, ‘यौन व्यवसायीहरुको हामीलाई त्यही जानकारी दिइरहेका छन्, जुन हामीलाई अति आवश्यक छ ।’

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार जाम्बियामा २६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?